
गोरखामा प्रहरीलाई हातपात गर्ने दुई जना १६ दिन देखि थुनामा
दरौँदी ः चोरकाटे प्रहरी चौकीका प्रहरीमाथी हातपात गर्ने सिरान्चोक ५ छोप्राकका दुई यूवा १६ दिन देखि जिप्रका गोरखाको हिरासतमा छन् ।
सिरान्चोक गाउँपालिकाको चोरकाटे प्रहरी चौकीका जवान नवराज केसीलाई २०७४ चैत २२ गते राती ११ बजे हातपात गरेपछि सुजन सुनार र सुरेश बानियाँलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।
‘पहिचान ग्रिल एण्ड फर्निचर भन्ने रहेछ उनीहरुको त्यहाँ ढुंगामुडा ग¥यो आइदिनु प¥यो भनेर चोरकाटे प्रहरीलाई खबर आयो’ प्रहरी निरिक्षक मोहन श्रेष्ठले भने ‘प्रहरी उनीहरुले ढुंगामुडा सहितको घटना भएको ठाउँमा पुग्दा केही देखेन फर्किन लाग्यो । यि सुरेश र सुजनले मापसे गरेका रहेछन् । उल्टै हाम्रो जवानलाई कुटेछन् ।’ सुनार र बानियाँ आफँैले प्रहरीलाई बोलाएर हातपात गरेका हुन् । उनीहरु दुबैलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि थुनामा राखिएको श्रेष्ठले जानकारी दिए । गाउँमा उनीहरु अन्य उश्रृंखक गतिविधिमा पनि संलग्न हुने गरेको आरोप छ ।