| बुधबार, अशोज १७, २०८०

गोरखा

गोरखामा विदाको दिन चलेका सरकारी सवारी पुलिसको कब्जामा !

बैशाख ८, गोरखा ः जिल्ला ट्राफिक कार्यालय गोरखाले सार्वजनिक विदाको दिन अनुमति विना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ ।
गृहमन्त्रालयको निर्देशनमा प्रशासनको अनुमति विना विदानको दिन सञ्चालनमा आएका सवारीलाई नियन्त्रणमा लिइएको हो । आज (शनिबार) १० बजे सम्म मात्रै गोरखा प्रहरीले नौ वटा सवारी नियन्त्रणमा लिइसकेको छ । ‘अनुमति पत्र नलई चलेकाहरुलाई नियन्त्रणमा लिएका छौँ’ जिल्ला ट्राफिक प्रहरीका प्रमुख दयाराम पौडेलले भने ‘विहान देखि अहिले सम्म सात वटा सरकारी सवारी नियन्त्रणमा लिइसकेका छौँ । केहीले पछि अनुमति पत्र लिएर आएर लैजानु भएको छ ।’
नियन्त्रणमा आएका सवारीहरु जिल्ला प्रशासन कार्यालय देखि गाउँपालिकाहरुका छन् । शनिबार जिल्ला अदालत, भीमसेन गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, तथ्याङ्क कार्यालय, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको मोटरसाईकलहरु नियन्त्रणमा लिइएको हो । जिल्ला अदालत, भीमसेन गाउँपालिका र जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाका सवारी चालकहरुले अनुमति पत्र ल्याएर मोटरसाईकल फिर्ता लगिसकेको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्