| सोमवार, भदौ २४, २०८१

गोरखा

११ सरकारी सवारी नियन्त्रणमा

गोरखा : जिल्ला ट्राफिक कार्यालय गोरखाले सार्वजनिक विदाको दिन अनुमति विना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ ।
गृहमन्त्रालयको निर्देशनमा प्रशासनको अनुमति विना विदानको दिन सञ्चालनमा आएका सवारीलाई नियन्त्रणमा लिइएको हो । शनिबार गोरखा प्रहरीले ११ वटा सवारी नियन्त्रणमा लिएको हो । ‘अनुमति पत्र नलई चलेकाहरुलाई नियन्त्रणमा लिएका छौँ’ जिल्ला ट्राफिक प्रहरीका प्रमुख दयाराम पौडेलले भने ‘११ वटा सरकारी सवारी नियन्त्रणमा लिइयो । नौ वटा गोरखा बजारबाटै नियन्त्रणमा लिइयो भने दुई वटा मझुवा प्रहरीले नियन्त्रणमा लिएको हो । केहीले पछि अनुमति पत्र लिएर आएर लैजानु भएको छ ।’
नियन्त्रणमा आएका सवारीहरु जिल्ला प्रशासन कार्यालय देखि गाउँपालिकाहरुका छन् । शनिबार जिल्ला अदालत, भीमसेन गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, तथ्याङ्क कार्यालय, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिक जिल्ला प्रशासनकै अर्काे मोटरसाइकल र भवन डिभिजन कार्यालयको मोटरसाईकलहरु नियन्त्रणमा लिइएको हो । जिल्ला अदालत, भीमसेन गाउँपालिका र जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाका सवारी चालकहरुले अनुमति पत्र ल्याएर मोटरसाईकल फिर्ता लगिसकेको पौडेलले जानकारी दिए । सरकारी सेतो प्लेटको सवारीहरु सार्वजनिक विदाको दिन अनुमति पत्र बेगर चलाएको भेटे तुरुन्तै नियन्त्रणमा लिने पौडेलले जानकारी दिए । उक्त अभियान निरन्तर चलि रहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्