| शुक्रबार, अशोज ९, २०७७

सुकराम

भूकम्पले हात लगेको सुकरामको कथा !

दरौँदी ः मध्य दिउँसोमा सुनसान थियो बारपाक । गाउँलेहरू आ(आफ्नै धन्दामा व्यस्त थिए । गाउँ आफ्नै लयमा थियो । यत्तिकैमा हल्लिन सुरु र्गयो भूईं । डुम्म डुम्म आवाज आइरहेको थियो । धूवाँ उडिरहेको थियो । जमिन भासिएजस्तो, आकाश खस्नै आँटेजस्तो । गाउँलेले खासै भेउ पाएनन, के भइरहेको छ ? घरहरु ढल्न थाले । घरमुनि च्यापिएका मान्छेहरू चिच्याउन थाले । हेर्दा हेर्दै गाउँ नै सोत्तर भयो । गोरखाको बारपाकलाई केन्द्रबिन्दू बनाएर आएको भूकम्पले देशभरी नै प्रभाव पारेको थियो । भूइँचालोको खबर धूवाँ झैं फैलियो । उता काठमाडौंमा धरहरा ढलिसकेको थियो । सुकराम गुरुङसँग भूकम्प आउँदा कस्तो भइरहेको थियो भन्ने मात्रै होइन आफू मरेर बाँचको अनुभव पनि छ । विहानको खाना खाइसकेर घले घरमै आराम गरिरहेका थिए । सुरुमा ठूलो आवाज आयो । यत्तिकैमा बारपाक काप्न थाल्यो । के गरौं र कसो गरौं भयो । उठेर धारातिर गए । हल्लिन रोकिएको थिएन । उनले शौचालय नजिकै रहेको खाँबो समातेर आफूलाई उभ्याइरहने कोशिश गरिरहेका थिए । ‘बाहिर उभिन गाह्रो भएपछि भित्र फर्किने तयारी गरिरहेको थिएँ,’ उनी भन्छन, ‘भूकम्पको अर्को झट्का नआउँदै दायाँ बायाँ भएका सुकरामको कानमा ठोक्कियो । सुकरामलाई खोज्दाखोज्दै उनी पुरिएकै ढुंगाहरुमाथि उनीहरु पनि आएर उभिएपछि खपिनसक्नुभएको थियो उनलाई । बल्ल बल्ल बाँचिरहेका सुकरामले तीन दाजुहरुको थिचाइ पनि थेग्नुप¥यो । ‘पछि उनीहरुले म उनीहरु उभिएकै ढुंगामुनि पुरिएको छु भन्ने थाहा पाएछन्,’ सुकराम भन्छन, ‘मलाई उनीहरुले भग्नावशेषबाट निकाले, निकाल्ने वित्तिकै सालोले भिनाजु भन्दै चुम्बन ग¥यो ।’ सुकरामलाई अब बाँचेजस्तो लाग्यो । आफूमाथि रहेको ढुंगा दाजुहरु तथा सालोले मिलेर पन्छाएको भएपनि देब्रै हात च्यापिएको ढुंगा उनीहरुले निकाल्नै नसकेको घले बताउँछन् । ‘केहीबेरपछि जसोतसो उनीहरुले मलाई सग्लै निकाले,’ उनी भन्छन, ‘तर त्यो बेलासम्म देब्रे हातले काम गर्न छाडेको थियो।’ त्यो दिन रुँदै कराउँदै बित्यो । भोलिपल्ट नेपाली सेनाको हेलिकोप्टर बारपाक आयो। त्यही हेलीमा हालेर उनलाई पोखरा लगियो । गाउँभरी नै घाइते नै घाइते । अरुलाई पनि सुकरामसँगै लगियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि उनलाई पु¥याइयो । पोखरा पुगेको तीन दिन पछि डाक्टरहरुले उनलाई हात काट्नुपर्छ नत्र थप दःुख हुन्छ भने । ‘हात नकाट्ने हो भने बाँकी उपचार गर्न सकिँदैन,’ डाक्टरले भनेको सम्झँदै उनले भने ‘जिन्दगी नै फाल्नुभन्दा हात फाल्ने निधो गरेर डाक्टरहरुकै सिफारिसमा काठमाडौं हिँडें ।’ उनी पोखरामा हुँदा एकसुको पैसा थिएन साथमा । ‘गोरखाकै एकजनाले १७ हजार रुपैयाँ दिनुभयो, अनि एम्बुलेन्समा काठमाडौं गएँ’, उनले सुनाए, ‘वीर हस्पिटलमा म जस्ता घाइते थुप्रै थिए, अप्रेसन गर्ने पालो कुर्नुप¥यो ।’ दाई र गाउँलेको कथाब्यथा सुनेर साउदी अरबबाट आएका उनका काइँला भाई अस्पताल नै भेट्न पुगे । ‘दाजुभाई अंगालो हालेर यति रोयौँकी सिमा नै छैन’ उनले सम्झे । भाइले डक्टरहरुसँग रोइकराइ गरेर पालो मिलाए । भूकम्पको केन्द्र विन्दुमै भूकम्पको झट्काले अत्तालिएका सुकरामलाई अपरेशन गर्न जानेबेलैमा फेरी भुकम्पले हल्लायो । त्यो दिन वैशाख २९ को थियो । सिन्धुपाल्चोकलाई थिलथिलो पारेको भूकम्पले अस्पतालमा झन घाइते थपिए । बल्लबल्ल पाएको पालो पनि फेरि भूइँचालोकै कारण फुत्कियो । ३१ गतेचाहिँ हातमात्रै बेहोस् बनाएर अप्रेसन गरियो । ‘मेरै आँखा अगाडि हात भुइँमा झ¥यो,’ उनले भने। अप्रेसन गरेर फर्किंदा बारपाकको फेदी बालुवा गाउँमा परिवारै सुकरामलाई लिन गए । छोरालाई देखेर उनी मन थाम्न सकेनन् । त्यहि परिवारको साथ छोड्न नसकेर विदेशबाट गाउँ फर्केर मजदुरी गरेका सुकरामलाई भूकम्पले थप पिडामा पारिदियो । दरौंदी किनारमा बाबुछोरा अंगालोमा बाँधिएर आँशुको भेल बगाएपछि मात्रै मान्द्रको उकालो लागे । ‘आमा मलाई देख्नेबित्तिकै रुन थाल्छ’, सुकराम भन्छन् । तर, भेना बाँचेको भन्दै सालासाली खुसी छन, दाजु बाँचेकोमा भाइ र भाइ बाँचेको भन्दै दाइहरु । पत्नी र छोराछोरी झन् खुसी । पालमुनी ओत लागेरै भए पनि परिवार बस्यो । गाउँका कतिपयले ज्यान गुमाएका थिए, सुकराम त कम्तीमा बाँचे भन्ने भयो । दुःख परेको बेलामा कोही आफ्नो हुँदैन भन्ने उनले सुनेका त थिए, भोगेका थिएनन् । हात काटेर घर पुगेको केही दिनमै साहु आइहाले। ‘एक लाख ऋण लिएको थिएँ,’ उनी भन्छन, ‘अपांग मान्छेले अब तिर्न सक्दैन भनेर साहु कराउन थाल्यो ।’ साहुलाई जसो तसो गरेर केही दिनका लागि थमाएको उनी सम्झन्छन । अब केही गर्नैपर्छ भन्ने अठोट उनले गरे । ‘अरु मरेर त गए भने म त बाँचेको छु, के न केही गर्नुपर्छ भनेर होटल खोल्ने निर्णय गरेँ’ उनले भने ‘व्यवसाय गर्ने र त्यो पनि होटल खोल्ने भन्ने आँटचाहिँ साउदीकै अनुभवले दिलायो ।’ उनले भारतमा कुक सिकेका थिए । आफन्तहरुले ऋण हालिदिए । टहरा ठडियो । केही दिनमै चिया खाजा बनाउने पसल सुरु भयो । श्रीमान् श्रीमती मिलेर अहिले पनि त्यही होटल सञ्चालन गरिरहेका छन् । भूकम्पले थिलथिलो पारेको बारपाक र सुकरामको कथा उस्तै छ। कतिले अपांगता भएको भनेर हेपे पनि । तर, सुकरामको हिम्मतले साथ थियो । अहिले उनले मज्जाले होटल चलाइरहेका छन् ।

अचेल काठमाडौंबाट बारपाकसम्म सिधा बस चल्छ। बारपाकमा बसहरु राख्नका लागि गाउँलेहरुले नै सार्वजनिक जग्गाको सदुपयोग गरी बसपार्क बनाएका छन् । त्यही बसपार्कको मुखैमा छ ओबिना होटल । अहिले उनको होटलमा तीन हातले दुख गर्छन् । श्रीमती माया देवीको दुई र उनको एक हातले मिठो मसिनो बनाएर पाहुनालाई खुवाउँछन् । सुकरामको जिन्दगी अहिले त्यही होटलमा आउने ग्राहकलाई खाजा खुवाएरै चलेको छ । तर सरकारले भने भूकम्प पीडितलाई सहयोग नगरेको उनको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्