मनकामनाका ब्यापारीलाई ‘तह’ लगाउन सिसि क्यामेरा
दरौँदी ः प्रशिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर वरपरका ब्यापारीले भत्तजनलाई दुख दिन थालेपछि सिसि क्यामेरा राखेर निगरानी गर्न थालिएको छ । मनकामना केबलकारको माथिल्लो चेरेश स्टेशनबाट झर्ने वित्तिकै ब्यापारीले भक्तजनलाई ब्यापारका लागि जबरजस्ती गर्ने गरेको भक्तजनबाटै गुनासो आउन थालेपछि शहिद लखन गाउँपालिका र गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार ईकाइले सिसि क्यामेरा राखेका हुन् ।
‘धर्म गर्न मनकामना मन्दिर आउने भक्तजनलाई ब्यापारीहरुले जबरजस्ती आफ्नो सामान किन्न भनेर हैरान गर्ने, एक मूल्यमा भनेर अर्कै मूल्य लिने गरेको गुनासो आयो’ उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका सचिब हरि श्रेष्ठले भने ‘यसलाई नियन्त्रण गर्न हामीले सहज होस भनेर सिसि क्यामेरा जडान गरेका हौँ ।’
गाउँपालिकाको ७ लाख रुपैँया र उद्योग वाणिज्य संघको एक लाख पाँच हजार रुपैँयामा २६ वटा सिसि क्यामेरा जडान गरीएको छ हो । मन्दिर र बजारका विभिन्न क्षेत्रलाई सिसि क्यामेराले निगरानी गरिएको हो । उक्त सिसि क्यामेरा राख्ने कार्यक्रम प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले उद्घाटन गरेका हुन् ।
धार्मिक क्षेत्र जस्तो शान्त र अनुशासित हुनुपथ्र्याे त्यस्तै बनाउन अभियान सुरु गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशकुमार थापाले बताए ।
‘सिसि क्यामेरा राखियो’ थापाले भने ‘अब हामी यस बजारलाई विस्तारै अनुशासित बनाउँदै लैजान्छौँ । यहाँ एक पटक आएका भक्तजन ब्यापारीको ब्यवहारले आजित होइन फेरी फेरी आउने बनाउन वातावरण बनाउन चाहन्छौँ ।’
गाउँपालिकाले मनकामना बजारलाई केन्द्रीत गरी सोलार बत्ति समेत राख्ने योजना बनाएको छ । ‘सिसि क्यामेराले यहाँ विकृति हटाउन मद्धत गर्छ, कसैको केही सामान हरायो चोरी डकैती भयो भने दोषीलाई पक्राउ गर्न पनि सहज हुन्छ’ थापाले भने ‘हामी यसलाई अझै ब्यवस्थित बनाउन चाहन्छौँ । त्यसैले अब बजारमा सोलार बत्ति जडान गर्छाैँ । त्यसका लागि गाउँपालिकाले बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रसँग साझेदारी गरेर काम गर्छ ।’
उद्योग वाणिज्य संघ मनकामना बजार इकाइले मन्दिरको जग्गा मिचेर, बाटो मिचेर सामानहरु बेच्न राख्ने, भक्तजनलाई बाटोमै फोटो खिच्न, खाना खान भन्दै लगायतका अनेक बाहनामा जबरजस्ती गर्नेलाई अब कारबाही गर्ने समेत बताएको छ ।