| शनिबार, बैशाख ८, २०८१

११५ जनाको आँखा जाँच, २९ जनाको मोतियाविन्दूको शल्यक्रिया

लायन्स क्लव अफ गोरखा र गोरखा लायन्स आई सर्जिकल सेण्टरको आयोजनामा गोरखामा आयोजित तीनदिने आँखा शिविर शनिबार सम्पन्न भएको छ ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा एकसय १५ जनाको आँखा परीक्षण भएको छ । उनीहरुमध्य मोतियाविन्दूले ग्रस्त २९ जनाको निशुल्क शल्यक्रिया गरी उपचार गरिएको आइ सर्जिकल सेण्टरका बालकृष्ण पोखरेलले जानकारी दिए ।

आँखा उपचार शिविरमा हिमालय आँखा अस्पताल पोखराकी वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर हरिमाया गुरुङ नेतृत्वको टोलीले आँखाको शल्यक्रिया गरेको पोखरेलले बताए ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा लायन्स क्लव अफ गोरखा र गोरखा लायन्स आई सर्जिकल सेण्टरले हरेक महिनाको १९, २० र २१ गते आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्