बाबुराम बने तीन वर्षे रोशनको अभिभावक !
दरौँदी ः पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले तीन वर्षे वालक रोशन परियारको अभिभावकत्व ग्रहण गरेका छन् । शुक्रबार जिल्लाको पालुंटार नगरपालिका १ स्थित सारदा मावि चापाभन्ज्याङ्गमा रोशनलाई भर्ना गर्दै भट्टराईले अभिभावकत्व ग्रहण गरेका हुन् ।
रोशनलाई भर्ना गरेपछि भट्टराईले शिक्षा मन्त्रीले विशिष्ट ब्यक्तिहरुले जुन कुनै विद्यालयका विद्यार्थीको अभिभावकत्व गर्ने अभियान ल्याएपछि आफुले पनि त्यसको स्वागत गर्दै अभिभावकत्व ग्रहण गरेको भट्टराईले बताएका छन् ।
सोही अबसरमा उनले सरकारी कर्मचारीका छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने बताए । ‘हामीले अभिभावकत्व ग्रहण गरेर मात्रै हुँदैन’ भट्टराईराई उदृत गर्दै उनका स्वकिय सचिब रोशन पोखरेलले भने ‘अभिभावकत्व ग्रहण गरी विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय पुराउनु राम्रो कुरा हो । हामीले पहिले विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षण गरौँ त्यसपछि टिकाउने विषयमा सोचौँ । यति गर्नका लागि हाम्रा सरकारी सबै कर्मचारीका छोराछोरीलाइए अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गरौँ । त्यसमा मेरो आफ्नो पनि सहयोग रहनेछ ।’ भट्टराईले सामुदायिक विद्यालयहरुमा शिक्षकहरु धेरै पढेका भएपनि नजिता कम आउनको कारण बारे विद्यालय ब्यवस्थापन समिति र अभिभावकले पनि खोजी गर्नुपर्ने बताएको पोखरेलले जानकारी दिए ।