| सोमवार, अशोज ५, २०७७

गोरखाको सामागाउँ र छेकम्पारमा दुई फिट हिउँ जम्यो

 

गोरखाको सामागाउँ र छेकम्पारमा दुई फिट हिउँ जमेको छ । बिहिबार र शुक्रबार लगातार परेको हिउँ अहिले दुईफिटसम्म पुगेको छेकम्पारका छाङ लामाले जानकारी दिए ।

‘बिहिबार, शुक्रबार र शनिबार तीनदिनसम्म हिउँ प¥यो’, उनले भने, ‘सामागाउँ र छेकम्पारको उचाइ ३१०० मिटर उचाइ हो । त्यहाँ दुई फिटसम्म हिउँ जमेको छ । साम्दो त झन् ३८०० मिटर उचाइ हो, टेलिफोन सेवा बन्द भएका हुनाले त्यहाँ झन् धेरै हिउँ परेको छ, जनजीवन के भइरहेको छ भन्ने बारेमा हिउँ कति परेको छ भन्ने बारेमा जानकारी भएन ।’ शनिबार बिहान १० बजेपछि हिउँ झर्न रोकिएको उनले बताए ।
हिउँ परेपछि स्थानीयबासी खुशी भएका छन् ।

भर्खरै लगाइएको गौ, जौ, करु लगायतका खेतीबालीमा हिउँ पग्लिएर सिँचाइ हुने भएकाले स्थानीयबासी खुशी भएको उनले बताए । साथै अहिले चौरीलाई खुवाउने पराल पनि टन्नै हुने भएकाले किसानहरु हिमपातबाट चिन्तित नभएको उनले बताए ।

जाडो बढ्न थालेपछि प्राय गाउँलेहरु तीर्थाटनका लागि गाउँ रित्याएर काठमाडौंं तर भारतको धर्मशालातिर झरेका लामाले बताए । साथै चुमुनुब्री गाउँपालिकाको वडा नं. ३ बाहेक सबै वडाका विद्यालयहरु वैशाखसम्मका लागि बन्द भएका छन् ।

धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक गाउँमा पनि हिउँ परेको छ । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्ती ढपक्कै ढाकिएको छ । लाप्राक गाउँसम्म पनि हिउँ पुगेको स्थानीय किसान गुरुङले बताए । हिउँ परेपछि शुक्रबार विद्यालयमा पठनपाठन नभएको

 

प्रतिक्रिया दिनुहोस्