| शनिबार, बैशाख ८, २०८१

भिमसेन गाउँपालिकाको केन्द्र विवादले विद्यालयमा आगो लगाएको आशंका

दरौँदी ः गोरखाको भिमसेन गाउपालिका वडा नं ५ खान्चोकस्थीत चामुण्डा प्राविको अस्थायी टहरोमा भवनमा गएराती अज्ञात समूहले आगजनी गरेको छ । भूकम्पपछि पुननिर्माण भएको उक्त भबनमा गए राति करिब १२ बजे आगो लागेको प्रहरीले जनाएको छ ।
घ्याम्पेसालस्थीत प्रहरी चौकीका असई प्रेम बानियाँले बिधालयमा आगोलागी भएको खबर स्थानियलाई जानकारी दिएपछि घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए ।
उनले कसले र किन आगो लगायो भन्ने नखुलेको जानकारी दिए । आगोलागी बाट टहरो पूर्ण रुपमा ध्वस्त भएको छ । गाउँपालिकाको केन्द्र बगुवा राख्नेकी घ्याम्पेशाल राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ । बगुवामै केन्द्र राख्नुपर्ने भन्ने पक्षले अहिले पनि रिले अनसन जारी राखेको छ ।
केन्द्रका प्रमुख इश्वोर पाण्डेले विवाद समाधान गर्ने भन्दै खान्चोकस्थित चामुण्डा प्राविको प्रांगणमा कार्यपालिकाको बैठक बोलाएका थिए । तर बैठक कार्यपालिकाको संख्या नपुगेपछि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्