| शनिबार, बैशाख ८, २०८१

फेसबुकको स्टाटसले लामाले पाए पुनर्जीवन

थोत्रो पाईन्ट, अनि च्यात्तिएको ज्याकेट साथमा झुत्रा ओड्ने कपडा । सेताम्य दारी फुलिसकेका बृद्ध उमेरका तरक लामा । जाडोले सुन्निएको शरीर, घाउका कारण सुन्निएको अनुहार । लुगलुग आँत काँप्ने जाडोमा खेलकुद मैदान (रंगशालामा) रहेको ढलभित्र रात बिताउँदै आएको धेरै समय भयो ।

अधिकांस दिन गोरखा बजार वरपर फालिएका फोहोरको थुप्रोको कार्टुन र बोत्तल बटुल्न चाहार्दैमा उनको दिन बित्थ्यो । फोहोरको थुप्रोबाट बटुलेको कार्टुन र बोत्तल बेचेको पैसाले जे आउँछ त्यही खाने । बटुल्न नपाएको दिन भोकै ।

उनलाई देख्ने जो कोहीलाई लाग्दो हो, ‘को रहेछन् यो मान्छे ? कहाँ होलान् यिनका आफन्त ?’ । तर, उनको दुख देखेर एक छाक खान दिएपनि सँधै सहयोग गर्ने कोही थिएनन् ।

कसैले उनलाई परिवारको बारेमा सोधिहाले भने कहिलेकसो उत्तर दिन्थेँ, ‘मेरो आफ्नो भन्ने कोही छैनन् ।’ तर उनी खासै बोल्दैन थिए । बिहान बेलुकीको छाक टार्न धौ धौ उनलाई बिरामी पर्दा उपचार गरिदिने पनि कोही थिएनन् । अजीरकोट गाउँपालिका भच्चेक घर बताउने अन्दाजी ६५ बर्षीय यी लामाको दैनिकी गोरखा बजार डुल्दैमा बितेको वर्षौँ भयो ।

अब भने लामा नयाँ जीवन पाएका छन् ।  लामाको दिनचार्य फेरिनुको कारण हो— ‘इमानजङ बानियाँको बिहिबार दिउँसो फेसबुकमा पोष्ट गरेका स्टाटस ।’

Manavsewa Ashram Gorkha Branchले यि बर्शौ देखी सडकमा जिवन बिताएका तरिका लामा नामका वृद्ध लाइ पनि उद्दार गर्न सके ठुलो…

Posted by Iman Jung Baniya on Tuesday, 14 January 2020

बिहिबार दिउँसो करिब ३ बजे बानियाँले आफ्नो फेसबुकमा मानव सेवा आश्रम गोरखाको फेसबुक पेजलाई मेन्सन गर्दै लेखे, ‘बर्षैँ देखि सडकमा जीवन बिताएका तरिका लामा नामका बृद्धलाई पनि उद्दार गर्न सके ठुलो सेवा मिल्थ्यो होला । रंगशालामा रहेको ध्वाङ्मा राती सुत्छन रे ! गालामा ठुलो घाउ महिनौ देखी बल्जिरहेको छ । आश्रम जान इच्छुक रहेको उनी बताउँछन् ।’

बानियाले आफ्नो फेसबुकमा लेखेका सो पोष्ट सितलकाजी मास्के, इश्वरकाजी  मास्के, भगवानबाबु मास्के, मानवसेवा आश्रम गोरखा, मुना लामा लगायतका ६ जनालाई ट्याग गरेका थिए ।

बानियाँको फेसबुक स्टाटस देखेपछि मानव सेवा आश्रम गोरखाका टोली, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख ओमप्रसाद अधिकारी, बानिया लगायतका अन्य समाजसेवी हरुको उपस्थितिमा उद्धार गरी संरक्षणका लागि मानव सेवा आश्रम शाखा कार्यलय गोरखामा राखिएको छ ।
आजसम्मको दुखपूर्ण जीवन समाप्त भएर अवको बाँकी जीवन उनको सुखद रहने अपेक्षा गरिएको छ ।

Posted by Manavsewa Ashram Gorkha Branch on Thursday, 16 January 2020

प्रतिक्रिया दिनुहोस्