| शनिबार, फाल्गुन १५, २०७७

गोरखा दबार छिटो निर्माण गर्न नारायणदास अज्र्याल स्मृती प्रतिष्ठानको दबाव

दरौँदी समाचारदाता ः गोरखा दरवार छिटो निर्माण गर्न दबाव दिँदै नारायणदास अज्र्याल स्मृती प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार गोरखा संग्रहालय र गोरखा दरवार हेरचाह अड्डा मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाइ ज्ञापन पत्र पठाउँदै पुननिर्माणको काम छिटो सिध्याउन प्रतिष्ठानले माग गरेको हो ।
‘गोरखाकालिका, गोरखनाथका पुरोहित, पुजारी, सुसारे, ह्यामीनी, नगर्ची घट्दै गएको र नियमित पुजा नै बन्द हुने अवस्थामा पुगेकाले चलिआएको थरघरलाई कायम गरी नियमित हुने व्यवस्था गरियोस्,’ प्रतिष्ठानका अध्यक्ष सरोज अर्यालद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ।
भ्रमण बर्ष सफल बनाउनका लागी गोरखा संग्रहालयका पार्क, वाल उद्यान र भित्रका सामग्रीलाइ आकर्षित र थप व्यवस्थित गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्