| बिहिबार, अशोज ८, २०७७

गोरखा मैत्रीपूर्ण भलिबल ट्रफिको उपाधी कर्मचारी टिमलाई

महाशिवरात्री तथा सेना दिबसको अवसरमा गोरखामा आज आयोजित ‘गोरखा मैत्रीपूर्ण भलिबल प्रतियोगिता ट्रफि’ को उपाधी राष्ट्रसेवक कर्मचारी टिमले जितेको छ । नेपाली सेना रणसिंह दल गण गोरखाको आयोजनामा सदरमुकामको रानीपोखरी ब्यारेक परिसरमा आयोजित प्रतियोगितामा गोरखा जिल्लाबासीको टिमले उपबिजेतामा चित्त बुझाउनुप¥यो । बिजेता टिम र खेलाडीलाई कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् ।


राष्ट्रसेवक कर्मचारीको टिमले ट्रफि मेडल प्रमाण पत्र पाएको छ भने उप बिजेता गोरखा जिल्लाबासीको टिमले मेडल र प्रमाण पत्र पाएको छ । बेस्ट अफ फाईभमा खेलाईएको पहिलो खेल २५–११, दोस्रो २५–१९ को सेटमा कर्मचारी टिमले जित्यो । तेस्रो खेल २५–२०, चौँथो खेल २७–२५ को सेटमा जिल्लाबासीको टिमले जित्यो । अन्तत फाईनल खेल १५–९ को अन्तरमा जित्दै राष्ट्रसेवक कर्मचारीको टिम बिजयी बनेको हो । सेना दिबसको अवसर पारेर एउटा उत्सवको रुपमा खेलकुद गतिविधी गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्