| शनिबार, बैशाख ८, २०८१

आँबुखैरेनी बितरक संघ र बजार बिक्री प्रतिनिधि संघ बिच मैत्रिपूर्ण फुटबल

तनहुँको आँबुखैरेनीलाई केन्द्र बनाएर ब्यापार ब्यवशाय गर्दै आएका ब्यवशायी आवद्ध आँबुखैरेनी बितरक संघ र नेपाल बजार बिक्रि प्रतिनिधि संघ बिच शनिवार मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ । खेलमा २–० गोलअन्तरले बजार बिक्रि प्रतिनिधि संघ बिजयी बन्यो । जर्सी नम्बर ७ का सुमन गुरुङ र ९ का बिसाल गुरुङको १÷१ गोलको मद्धतले बजार प्रतिनिधि संघ बिजयी बनेको हो ।


आँबुखैरेनी बितरक संघका उपाध्यक्ष राजन कट्टेलको अध्यक्षतामा खेल सुरु हुन अघि भएको कार्यक्रममा प्रमुख अथिति नेपाल बितरक महासंघ केन्द्रिय अध्यक्ष सुरेश अधिकारी, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई अध्यक्ष कृष्णमान तामाङ,नेपाल बजार बिक्री प्रतिनिधि तगोल शाखा अध्यक्ष दुर्गा भुजेल, नेपाल बितरक संघका महासचिव हरिराज पन्त, कार्यक्रम संयोजक हरिभक्त श्रेष्ठ, लगायतले धारणा राखेका बितरक संघका कोषाध्यक्ष शिब खनालले बताए । बितरक संघले गरेको कार्यक्रम नवौँ संस्करण हो । खेलकुद सँगै बनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो । गोरखा स्थित गोरखकाली रबर उद्योगको मैदानमा खेल र तीनकिलो स्थित मैदानमा बनभोज भएको कोषाध्यक्ष खनालले बताए । बनभोज सँगै रमाईलोका लागि साँस्कृतीक र राफल चिट्टाको कार्यक्रम पनि गरिएको थियो ।


‘बितरक संघ र बजार बिक्री प्रतिनिधि बिचको सम्बन्ध प्रगाढ बनाउन, ब्यवशायमा स्वस्थ प्रतिप्रर्धा मात्रै होस् भन्ने चाहनाले कार्यक्रम गरेका हौँ’ कार्यक्रमका अध्यक्ष एवं आँबुखैरेनी बितरक संघका उपाध्यक्ष राजन कट्टेलले भने । माघ महिनामा आँबुखैरेनी गाउँपालिकामा दर्ता भएर संघले आफ्ना कार्यक्रम र गतिविधिलाई अझै ब्यवस्थित गर्दै लैजाने, ब्यवशायीको हक हित र सामाजिक काम गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्