| शनिबार, बैशाख ८, २०८१

गोरखा

गोरखाका यातायात ब्यवसायी समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन

दरौँदी ः गृह मन्त्रालयको निर्देशनको आधारमा गोरखा यातायात ब्यवसायी समितिका पदाधिकारी पक्राउ गर्न परिचालन गरिएको छ । ‘सिण्डिकेट अन्त्य गर्ने अभियान अनुसार नै केन्द्रले यातायात बन्द गर्ने समितिका पदाधिकारीहरु पक्राउ गर्नु भन्ने निर्देशन छ’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ‘पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिसकिएको छ ।’ गोरखामा यातायात ब्यवसायी समिति गोरखा र पृथ्वी यातायातले बस सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्