| शनिबार, बैशाख ८, २०८१

गोरखा अस्पतालद्वारा आकस्मिक फोन परामर्श सेवा सुरु, अस्पताल आउनुअघि फोन गर्न आग्रह,

 

गोरखा अस्पतालले सामान्य स्वास्थ्य समस्या देखिए टेलिफोनमा परामर्श गरेर मात्र अस्पताल आउन सर्बसाधारणलाई आग्रह गरेको छ ।

अस्पतालमा कोरोना भाइरसबाट संक्रमितहरु पनि आउन सक्ने हुँदा संक्रमण नभएका बिरामी सो भाइरसबाट जोगिनका लागि चिकित्सकलाई टेलिफोन गरी परामर्श गरेर मात्र अस्पताल आउन आग्रह गरिएको मेडिकल सुपरीटेण्डेण्ट नवीन थापाले जानकारी दिए ।

टेलिफोन परामर्शका लागि अस्पतालले तीनवटा मोबाइल नम्बर पनि सार्वजनिक गरेको छ । ९८४८२५१३४२, ९८५६०४०१०४, ९८५६०४०२२५ र ९८५६०७०२०८ मध्य कुनै एक मोबाइलमा फोन गरी चिकित्सकसंग परामर्श गरेर मात्र अस्पताल आउन आग्रह गरिएको मेसु थापाले जानकारी दिए ।

साथै अस्पतालले ज्वारोका बिरामीलाई छुट्टै उपचारका लागि फिभर क्लिनिक सञ्चालन गरेको छ ।

उच्च रक्तचाप, मधुमेह, दम आदि दीर्घरोगका बिरामीले यसअघिदेखि सेवन गर्दै आएको औषधी सेवन गर्न र औषधी किन्नुपर्ने भएमा बिहान १० बजेअघि फार्मेसीमा सम्पर्क गर्न अस्पतालले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ । मानसिक रोग, फिजियोथेरापी, पोषण, परिबार नियोजन, दन्त रोगको सेवा दुई हप्ताका लागि बन्द गर्ने पनि निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्