| आइतवार, माघ २७, २०८१

मनासलु

मनासलु पदमार्गमा लडेर एक स्पेनी नागरिकको मृत्यु

बैशाख २१, गोरखा ः मनासलु पदमार्गमा भीरबाट लडेर एक स्पेनी नागरिकको मृत्यु भएको छ । मनासलु पदमार्गको धार्चे गाउँपालिका ३ स्थित उहियाको तातोपानी खण्डमा शुक्रबार भीरबाट लडेर ६२ वर्षीय सान्चे भालेरो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
‘उनी लडेर घाइते भएको भनेर जानकारी आयो’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले भने ‘उनी लडेर घाइते भएको सूचना पाउने वित्तिकै उद्धार गरी उपचार गर्न भनेर डाइनेस्टिक एयरलायन्सको हेलीकोप्टर मार्फत काठमाडौँ लगिएको थियो । काठमाडौँ नपु¥याउँदै बाटोमै मृत्यु भएछ ।’ हेलीकोप्टरले उद्धार गरी उनलाई राजधानीको शिक्षण अस्पताल पु¥याइको थियो । उनको साथमा AAG२९३८०५ नम्बरको राहदानी भेटिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्