| सोमवार, कार्तिक १०, २०७७

दुई विदेशी पर्यटक माछाखोलामा अलपत्र

मनास्लु पदमार्ग भ्रमणमा आएका दुई विदेशी पर्यटक माछाखोला बजारमा अलपत्र परेका छन् ।

लकडाउन घोषणापछि मनास्लु क्षेत्र प्रवेश गर्न पनि नपाएको र काठमाडौं फर्कन पनि नपाएपछि माछाखोलाको चुमभ्याली होटलमा अलपत्र भएर रहेको स्थानीय धनकुमार गुरुङले जानकारी दिए ।

उनीहरुको अबस्था बारे जानकारी पाएको भन्दै प्रहरी प्रमुख एसपी ओम अधिकारीले उनीहरुलाई काठमाडौं पठाउने ब्यबस्था मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

मनास्लु क्षेत्रमा अहिले पनि पर्यटक रहेका स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्