| बिहिबार, अशोज ८, २०७७

प्रहरी

गोरखाका दुई यातायात व्यबसायी प्रहरी नियन्त्रणमा

गोरखा ः सिण्डिकेट लाद्न शुक्रबार दिनभर यातायात सेवा ठप्प पारेका यातायात व्यबसायी समिति गोरखाका वरिष्ठ उपाध्यक्ष देवराज श्रेष्ठ र पृथ्वीराजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख राजन ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोधपुछका लागि भन्दै शुक्रबार दिउसो दुईबजेतिर प्रहरी कार्यालयमा बोलाएर प्रहरीले दिनभरि नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई शुक्रबार राति पनि नछाडिएको स्रोतको दाबी छ ।
तर प्रहरी प्रमुख एसपी प्रकास अधिकारीले भने उनीहरुलाई नियन्त्रणमा लिएको नभै सोधपुछको क्रममा केही समय राखिएको बताएका छन् । ‘प्रालिमा रहेर यातायात सेवा सञ्चालन गर्दाको फाइदाका बिषयमा छलफल गर्न मैले बोलाएको हुँ, नियन्त्रण भन्न मिल्दैन’ उनले भने ‘छलफल केही लम्बियो ।’

प्रतिक्रिया दिनुहोस्