| शनिबार, फाल्गुन ३, २०८१

सिन्डिकेट

सिण्डीकेट गर्दैनौँ भन्ने कागजमा हस्ताक्षर गरेर रिहा भए यातायात व्यवसायी महासंघका पदाधिकारी

दरौँदी ः  सिन्डिकेट अन्त्यको विरोधमा रहेका यातायात व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीहरु नै सिन्डिकेट नमान्ने कागज गरेर रिहा भएका छन्।

 

महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहितका पाँच पदाधिकारीहरु विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का सिन्डिकेट नमान्ने कागज गरेपछि रिहा भएका छन्।

शनिबार बैठक गर्दागर्दै पक्राउ परेका पाँचै जनालाई अाइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले प्रमुख जिल्ला अधिकारी केदार शर्मा समक्ष उपस्थित गराएको थियो।

उनीहरु  काठमाडौँका प्रजिअ केदरनाथ शर्मा, महमनगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल, यातायात व्यवसायी महासंघ संयुक्त संघर्ष समितिका सह संयोजका अर्जुन रानाभाट र गणतान्त्रिक यातायातको संयोजक दधिराम खरेलको रोहवरमा रिहा भएका हुन्।

गृह मन्त्रालयले सिन्डिकेटको पक्षमा रहुँन्जेल रिहा गर्न नमिल्ने भन्दै कारबाही प्रक्रिया अगाडि बढाएपछि उनीहरुले बाध्य भएर सिन्डिकेट नमान्ने कागजमा हस्ताक्षर गरेका हुन्। उनीहरुले सिन्डिकेट तोड्न सरकारले चलेको कदममा समर्थन गर्दै सरकारी निर्णयको प्रतिकूल हुनेगरी यातायात सञ्चालन नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

उनीहरुले सरकारले चालेको सिन्डकेट हटाउने कदमलाई स्वागत गर्दै सरकारको नीति अनुकूल अगाडि बढ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्