| सोमवार, अशोज १२, २०७७

टहरा

गोनपा भित्रका अब्यवस्थित टहरा र होर्डिङ बोर्ड हटाउन थालियो

दरौँदी ः गोरखा नगरपालिकाले सडक छेउछाउमा रहेका अब्यवस्थित टहरा र विभिन्न प्रचारका होर्डिङबोर्डहरु हटाउन थालेको छ । आइतबार बिसौनी मोडको एउटा टहरो तथा विभिन्न कम्पनीहरुको विज्ञापन गरेर रानिएको होर्डिङ बोर्डहरु हटाईको हो ।
गोरखा नगरपालिकालाई क्लिन सिटी बनाउने कार्यक्रम अन्तरगत अब्यवस्थित होर्डिङ बोर्ड र टहराहरु हटाउन सुरु गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए । उनले उक्त अभियान गोरखा नगरपालिका भित्रका सबै वडाहरुमा सुरु भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्