| आइतवार, अशोज ४, २०७७

चट्याङ

हावाहुरी सहित परेको चट्याङ लागेर सिरान्चोकका किशोर घाइते

दरौँदी ः सोमबार साँझ हावाहुरी सहित आएको चट्याङले लाग्दा एक जना किशोर गम्भिर घाइते भएका छन् । चट्याङ लागेर सिरान्चोक गाउँपालिका वडा नम्बर ८ बाइडाँडाका १७ वर्षका निश्चल गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए । गम्भिर घाइते गुरुङलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । त्यस्तै चट्याङले सिरान्चोक गाउँपालिकाकै गाँखुका अधिकांश घरबा टिभी पड्केको प्रहरीले जनाएको छ । त्यस्तै हावाहुरीले गोरखा सदरमुकामको खोलखोले नजिकै विद्युतको पोल भाँचिएको छ । हावाहुरीकै कारण गोरखा दरबार मार्गमा रहेको सोलार बत्ति पोल समेत भाँचिएको छ

प्रतिक्रिया दिनुहोस्