| सोमवार, अशोज ५, २०७७

भारतबाट केहीदिनमा २३ जना गोरखा आउँदै, को को आउँदैछन् भारतबाट ?

 

रोजगारीको शिलशिलामा भारतमा रहेका गोरखाका बिभिन्न पालिकाका २३ जना गोरखा आउँदै छन् । कञ्चनपुरको सीमानाबाट १४ जना र झापाको सीमानाबाट नौ जना गोरखा आउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनीहरुमध्य आरुघाट गाउँपालिका ८ आरुपोखरीका नौ जना रहेका छन् । त्यसैगरी गोरखा नगरपालिका वडा नं. १२ र ९ का एकेक जना, गण्डकी गाउँपालिका ५ र ७ का एकेक जना रहेका छन् । त्यस्तै धार्चे गाउँपालिका वडा नं. ५ का दुई र १ का एकजना, अजीरकोट गाउँपालिकाका एक, भीमसेन थापा गाउँपालिकाका दुई, सिरानचोक र बारपाक सुलीकोट गाउँपालिकाका एकेक जना र पालुङटार नगरपालिकाका एक जना गोरखा आउने कार्यालयले जनाएको छ ।

उनीहरु सबैलाई परिवारसंग समन्वय गरी सामुहिक क्वारेण्टाइनमा राख्न कार्यालयले सम्बन्धित पालिकालाई पत्राचार गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए । उनीहरुलाई यसअघि कञ्चनपुर र झापाको क्वारेण्टाइनमा राखी स्वास्थ्य परीक्षण गरेर मात्र पठाइएको रोकाले जानकारी दिए ।

उनीहरुलाई सम्बन्धित पालिकाले क्वारेण्टाइनमा राखी स्वास्थ्य परीक्षण गरेर मात्र घरमा पठाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्