| मङ्लबार, अशोज १३, २०७७

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई बिहिबारदेखि मुआब्जा वितरण गर्ने तयारी

बुढीगण्डकीमा टिपर खस्दा चालकको मृत्यु

बैशाख २६, गोरखा ः बूढी गण्डकी नदिमा बा ४ ख ९५०६ नम्बरको ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । राती करिब १ बजे जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटको चिउरीगौडा ट्रिपर दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ५ का २७ वर्षिय सन्तोष सापकोटाको घटना स्थलमै मृत्यु भएको गोरखा ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए । गम्भिर घाइते सहचालक २१ वर्षिय रबिन्द नेपालको भने धादिङको गजुरी स्थित एक अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।
ट्रिपर बेनिघाटबाट दर्बुङ तर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको उनको भनाई छ । घटनाबारे अनुसन्धान भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्