| बिहिबार, अशोज १५, २०७७

मृत्यु

गोरखामा ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

गोरखा– गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ।

ना ५ ख १४७२ नम्बरको बाह्र चक्के ट्रकले पैदल हिँड्दै गरेका सोही ठाउँमा २८ वर्षीय चन्द्रमान श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रमुख दयाराम पौडेलले बताए।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उक्त ट्रक छेवेटारबाट बाह्रकिलोतर्फ आउँदै गर्दा पैदलयात्रीलाई ठक्कर दिएको हो। चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्