| शनिबार, बैशाख ८, २०८१

गोरखा

लेखापढिले ठगेको गुनासो आएपछि प्रजिअले डाके बैठक

दरौँदी ः जिल्ला प्रशासन, मालपोत लगायतका सरकारी कार्यालयका अगाडी लेखापढि गर्ने ब्यवसायीहरुले ठगेको गुनासो आएपछि प्रजिअले त्यसबारे छलफल गरेका छन् । लेखापढि कानुन ब्यवसायी एसोशियसन गोरखाका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईबीच भएको छलफलले आगामी दिनमा सेवाग्राहीलाई नठग्ने र कसैले ठगी गरेको थाहा पाए प्रशासनलाई खबर गरी कारबाहीको दायरामा ल्याउने निर्णय समेत भएको छ ।
‘म कहाँ टिकटको मूल्य बढी लिएको, लेखापढि गरेको पनि धेरै पैसा लिएर सर्वसाधारणलाई ठगेको गुनासो आयो’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ‘आज (बुधबार) को छलफलमा मैले जनता ठगिएको कुरा जानकारीमा आएको कुरा पनि राखेँ, लेखापढि ब्यवसायीहरुको पनि कुरा सुनेँ ।’ जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा लेखापढि गर्नेहरु आफुहरुले ठगेको भन्ने कुरामा पन्छिएका थिए । प्रजिअसँगको बैठकमा उनीहरुले ब्यवसायी एसोशियसन भित्र रहेका मान्छेले बढी पैसा लिने, सेवाग्राही ठग्ने नगरी संघमा आवद्ध नभएकोले गरेको भनेर पन्छिएका थिए ।

प्रतिक्रिया दिनुहोस्