| मङ्लबार, अशोज १३, २०७७

गुम्दा

गुम्दामा अज्ञात रोगले लोकल कुखुरा सखाप, २६० घरकै कुखुरा मरे

दरौँदी ः जिल्लाको धार्चे गाउँपालिका ५ को गुम्दा गाउँमा अज्ञात रोगले धमाधम घरपालुवा कुखुरा मरेका छन् । एक महिना यता गाउँका २६० घरधुरीमा पालिएका कुखुरा मरेको स्थानीय भीम प्रसाद गुरुङले जानकारी दिए ।
‘कुखुरा मर्न थालेको एक महिना भयो’ गुरुङले भने ‘यहाँ २६० घर छ । प्राय सबैको घरमा १०/१५ वटा कुखुरा हुन्छ । ति सबै घरको सबै कुखुरा मरेको छ । कुखुराहरु झोक्राउने, हरियो र सेतो रंगको पातलो दिसा गर्छ अनि भक्लक्कै भइहाल्छ ।’ केही दिन अघि माछा खोला पशु सेवा कार्यालयबाट प्राविधक गएर उपचार गरेपनि सफल नभएको उनले जानकारी दिए ।
कुखुरा मरेपछि सुत्केरी, गर्भवती आमाहरुले मासु खान नपाएको उनले जानकारी दिए । ‘सुत्केरी, गर्भवती आमाहरुले मासु खानै पाएको छैन’ उनले भने ‘सबैको घरमा हुने, मन लागेको बेलामा च्याट्ट काट्यो खायो गथ्र्याे । अहिले छैन । अण्डाहरु पनि हुन्थ्यो । बाहिरबाट आउने मान्छेहरुलाई बेचेर पैसा पनि पनि लिन्थ्यो । अहिले सबै ठप्पै भयो ।’ सोही प्रकारको रोग गुम्दा पछि सिंग्ला, यमगाउँ, लप्सीबोट गाउँमा पनि पैmलिएको उनले जानकारी दिए ।
तस्बिर सौजन्य ः भीमप्रसाद गुरुङ

प्रतिक्रिया दिनुहोस्