| शुक्रबार, कार्तिक १४, २०७७

गोरखाका पुराना पिसिआर परीक्षण सबैको रीपोर्ट आयो


आइतबार पठाइएका नयाँबाहेक गोरखाका पुराना पिसिआर सबैको रीपोर्ट प्राप्त भइसकेको छ ।

आइतबार १२५ वटा नयाँ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


पुराना सबै पिसिआरका रीपोर्टमध्य आइतबारसम्म जम्मा दुईसय ४१ जनाको कोरोना पोजेटिभ रहेको छ । जसमध्य दुईसय आठ जनालाई निको भइसकेको छ भने ३१ जना उपचाररत रहेका कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

दुईजनाको भने मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्