| शुक्रबार, चैत्र १६, २०८०

गोरखामा ४१९ जना क्वारेन्टिनमा, ३१७ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा चार सय १९ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहिवारसम्म एक सय ५४ जना मास क्वारेन्टिनमा र दुई सय ६५ जना होम क्वारेन्टिनमा रहेका हुन् ।

जिल्ला बाहिरबाट आएका, कोरोना संक्रमितको संख्या धेरै देखिएका ठाउँबाट आएका, बिदेशबाट आएका र संक्रमितको सम्पर्कको आशंकामा रहेकाहरु क्वारेन्टिनमा बस्दै आएका छन् । केही समयअघि गोरखा सदरमुकाममा र गाउँपालिकाको केन्द्रमा रहेका सामुहिक क्वारेन्टिनमा राख्ने गरिन्थ्यो । अहिले सामुहिक क्वारेन्टिनमा बस्नेहरु घटेका छन् । सरकारले होम क्वारेन्टिन बस्न पाउने निणर्य गरेसँगै घरैमा बस्नेहरु बढेका स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

सामुहिक आइशोलेसनमा २८ जना र होम आइशोलेसनमा ६७ जना रहेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि घरैमा होम आइशोलेसन बस्नेको संख्या पनि बढेको छ । ८ जना भने संक्रमण पुष्टि भएपनि होम वा मास आइशोलेसन कहाँ बस्ने भन्ने बिवरण नआईसकेको सुचना अधिकारी न्यौपानेले बताए । स्वास्थ्य कार्यालयका अनुसार तीन सय १७ जनाका पिसिआर रिपोर्ट अझै आउन बाँकी छ । जिल्ला भित्र संक्रमितको संख्या बिहिवार साँझसम्म तीन सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्