| शुक्रबार, चैत्र १६, २०८०

आईपीएलको डेब्यूमै सन्दिप लामिछानेले लिए विकेट

नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् ।

दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए । कप्तान श्रीयस ऐयसले सन्दिपलाई पहिलो ओभरमा नै बल थमाए ।

त्यो ओभरमा ६ रन दिएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पारे ।

सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् ।

प्रतिक्रिया दिनुहोस्