| बुधबार, अशोज १४, २०७७

बजार बन्द

विप्लबको बन्दले गोरखामा सवारी र बजार बन्द

गोरखा  : विप्लब नेतृत्वको नेकपाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण गोरखाको जनजिवन समेत प्रभावित भएको छ । बन्दले गर्दा लामो तथा छोटो दुरीका लागि छुट्ने सार्वजनिक सवारी साधन समेत ठप्प छन् । बजार पुरै बन्द छ । सार्वजनिक सवारीका टिकट काउण्टरहरु सबै बन्द रहेको प्रहरीले जनाएको छ । निजि सवारी बाहेक अन्य सवारी चलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्