| शनिबार, बैशाख ८, २०८१

पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक बनाउँदै

पृथ्वी जयन्तीको विदा काट्यो सरकारले

सरकारले २२ दिन विदा कटौती गर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदा कटौतीको निर्णय गरेको हो।

‘२०७४ सालभन्दा आगामी वर्ष २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन्’, सञ्चार राज्यमन्त्री गोकुल बाँसकोटाले भने, ‘मन्त्रिपरिषदले सार्वजनिक विदा १०४ बाट घटाएर ८९ मा झार्ने निर्णय गरेको छ।’

सञ्चार राज्यमन्त्री बाँसकोटाका अनुसार ८९ मध्ये विशेष धर्म र क्षेत्रका लागि २२ दिन विदा हुनेछ। सबैका लागि हुने विदा ६७ मात्र बाँकी रहनेछ।

मुलुकको द्रुततर आर्थिक विकासकाे लक्ष प्राप्तिका लागि कर्मचारीलाई बढीभन्दा बढी काममा खटाउनुपर्ने भन्दै सार्वजनिक विदा कटाैती गर्ने निर्णय सरकारले गरेकाे हाे। यसअघि सरकारी विदा १४० दिनसम्म पुर्याइएकाे थियाे।

सरकारी बिदाले निजी क्षेत्रमा पनि ठूलो असर पारेको भन्दै सरोकारवालाले बिदा घटाउन सरकारलाई बारम्बार आग्रह गर्दै आएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघजस्ता निजी क्षेत्रका संस्थाले सरकारी बिदाका बेला सम्पूर्ण कारोबार प्रभावित हुने भएकाे भन्दै घटाउन जोड गर्दै अाएका थिए।पृथ्वी जयन्तीको विदा पनि काटिएको छ ।
लामो समय सरकारी कार्यालय बन्द हुनुको भार निजी क्षेत्र र सर्वसाधारणमा पर्ने गरेको थियाे।
प्रतिक्रिया दिनुहोस्