| आइतवार, कार्तिक १८, २०८१

मुक्तिनाथ

मोदीले रोक्न सकेनन् एमाले–माओवादी एकता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणसँगै विभिन्न अड्कलबाजी गरिएको थियो । त्यसमध्ये एक थियो– मोदीले एमाले–माओवादी एकता भाँड्न रोल खेल्नेछन् ।

मोदी नेपाल भ्रमणबाट फर्किएपछि त्यसको संकेत संचारमाध्यमले नदिएका पनि होइनन् । उनको भ्रमण हुनासाथ एमाले–माओवादीमा खटपट आएको प्रशंग खुबै चर्चामा रह्यो । त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको सम्बन्ध बिग्रदै गएको टिप्पणी पनि भए । धेरैले यसलाई मोदीको कमालका रुपमा बुझे ।

मोदीलाई एकतासँग जोड्नुको कारण त्यति अस्वभाविक पनि थिएन । किनकी उनी सुरुदेखि नै कम्युनिष्ट विरोधी थिए । अझ नेपालका दुई ठूला कम्युनिष्ट एक हुने भएपछि त्यसलाई भाँड्न भारतले प्रयास नगरेको पनि होइन । भारतको बुझाईमा नेपालका कम्युनिष्टहरु चीन निकट छन् । र, एकतापछि बन्ने शक्तिशाली पार्टी चीनको पक्षमा उभिएमा भारतले नेपाली राजनीति उथलपुथल गराउनमा त्यति रोल खेल्न पान्न । अर्कोतर्फ पश्चिमा राष्ट्रले समेत नेपालमा कम्युनिष्ट एकता नचाहेका बेला मोदी कार्डको प्रयोग गरी भाँड्ने षड्यन्त्र गरेको चर्चासमेत राजनीतिक बृत्तमा सुनियो ।
तर, धेरैले अनुमान गरेविपरित बुधबार एमाले–माओवादीले सप्राइज दिए । र, आज बिहाीबार पार्टी एकता हुने निश्चित भएको छ । कतिपयले यसलाई मोदीले पार्टी एकता रोक्न प्रयास गरेको तर, नसकेको रुपमा समेत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्