| सोमवार, अशोज १२, २०७७

प्रहरी नियन्त्रणबाटै फरार

विद्यार्थीलाई यौन दुर्ब्यबहार गरेको आरोपमा गोरखाका एक शिक्षक पक्राउ

जेठ ३, गोरखा ः विद्यार्थीलाई यौन दुब्र्यबहार गरेको आरोपमा गोरखा नगरपालिका १० स्थित तारा मावि छेपेटारका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विद्यालयको कम्प्यूटर कक्षाको पिरेडमा शिक्षक विनोद पाण्डे छात्राको सम्बेदनशिल अंगमा हातले छोएको भनेर छात्रा रुँदै कक्षा बाहिर निस्किएपछि घटना सार्वजनिक भएको हो ।
पीडित बालिकाको परिवारले बाह्रकिलो प्रहरीचौकीमा उजुरी गरेपछि बुधबार राती प्रहरीले शिक्षक पाण्डेलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्