
प्रदेस ४ मा अाफुखुशी तलब ताेक्दैछन् जनप्रतिनिधि (हेर्नुहाेस् कति प्रस्ताव गरे)
प्रदेश नम्बर ४ का मन्त्रिपरिषद सदस्य, प्रदेश सभा पदाधिकारी र स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक सरकारले संसदमा पेस गरेको छ ।
सरकारको तर्फबाट सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पारिश्रमिक र सुविधा सम्बन्धीसहित ४ विधेयक पेस गरेका हुन् ।
मन्त्री चुमानले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी र सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरे ।
मन्त्री चुमानले प्रदेश सभास्तरका केही सार्वजनिक लिखित प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सोमबारको बैठकमा पेस गरेका छन् । यी विधेयकहरुमा मंगलबारदेखि दफावार छलफल सुरु भएकाे संसद सचिवालयले जनाएको छ ।