| सोमवार, अशोज १२, २०७७

गोरखाकी पूर्णिमाले सजाइन आमाको फोटो सगरमाथामा

फोटोपत्रकार गोरखाकी पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । शनिबार बिहान ८ बजेर १० मिनेटमा ८,८४८ मिटर अग्लो चुचुरोमा पाइला टेकेर फर्किएको उनका आफन्तले जानकारी दिए ।

उनी अहिले बेस क्याम्पमा छन् । सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो फोटो पत्रकार हुन् । फोटो पत्रकार भएकाले सगरमाथाको बेसक्याम्पदेखि सगरमाथाको चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिलाको फोटो प्रदर्शनी गर्ने लक्ष्य समेत श्रेष्ठले पूरा गरेकी छन् ।

सगरमाथाको शिखरमा आमाको तस्बिर राख्ने योजना समेत पूरा गरेको फोटोे पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए ।२८ वर्षकी पुर्णिमाको घर गोरखाको आरुघाट गाउँपालिका ९ आरुटारमा हो । उनले गत भदौ महिनामा ८,१६३ मिटर अग्लो मनास्लुको पनि आरोहण गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्