| मङ्लबार, असार १, २०७८

शहीदलखनमा पाँच जना संक्रमित थपिए

गोरखाको शहीदलखन गाउँपालिकामा आज पाँच जना संक्रमित थपिएका छन् ।

वडा नम्बर ९ मा तीन जना र वडा नम्बर ७ मा कार्यरत स्वास्थ्यकर्मीको परिवारका दुई सदस्य सहित पाँच जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

थपिएका पाँच मध्ये चार पुरुष र एक महिला छन् । उनीहरु सुरक्षित होम आइशोलेसनमा रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्