| आइतवार, जेष्ठ ६, २०८१

देबकोटा र मरहट्टाले जिते २५ हजार डलरको अन्तराष्ट्रिय अवार्ड

गोरखाका समाजसेवी तथा युवा नेता हरि देबकोटा र दिपक मरहट्टले २५ हजार डलरको अन्तराष्ट्रिय ‘आल्मुनी इन्गेजमेन्ट इनोभेसन अवार्ड २०२१’ जितेका छन् ।

विश्वभरीबाट अमेरिकी सरकारको सहयोगमा अमेरिका गई विषेशज्ञता हाँसिल गरेका ब्यक्तिहरुको लागि आवेदन आह्वान भएकोमा देबकोटा र मरहट्टाले नेपालबाट अवार्ड जितेका हुन् ।


अमेरिकी सरकारको छात्रावृत्तीमा देबकोटाले सन् २०१८ मा परियोजना ब्यवस्थापनमा अमेरिका पुगेर अध्ययन गरि फर्किएका थिए । उक्त अवार्डलाई एकिकरण नेपाल गोरखा मार्फत बिपद् ब्यवस्थापनको क्षेत्रमा खर्च गरिने अवार्ड बिजेता देबकोटाले बताए ।


अवार्डपछि प्रतिक्रिया दिँदै देबकोटाले भने ‘समुदायमा बसेर काम गर्न थप हौसला मिलेको छ ।’ देबकोटा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुन् ।

उनी १५ वर्ष देखि गोरखामा रहेर गोरखाको १५ हजार भन्दाबढि ब्यक्तिगत घर निर्माण, दुई सय भन्दाबढि खानेपानी आयोजना, बिभिन्न गाउँमा नमुना घर, सहकारी भबन, विद्यालय, स्वास्थ्य चौकी, गाउँघर क्लिनिक तथा जिविकोपार्जन र आयआर्जनमा सघाउँदै गैरसकारी संस्थाको नेतृत्वदायी भुमिका काम गर्दै आएका छन् ।


उनी नेपाली कांग्रेस गोरखाको आज हुने अधिवेशनमा महाधिवेशन प्रतिनिधीको उमेद्धवार समेत रहेका छन् । उनले जितेका यो अवार्ड विश्वभरीबाट यो वर्ष पाँच जनाले प्राप्त गरेका छन् । यो अवार्ड अमेरिकी दुताबासले बिहिवार मात्रै सार्वजनीक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्