| बुधबार, मंसिर १३, २०८०

पर्यटकको पर्खाइमा गुप्सीपाखा सामुदायिक होमस्टे(फोटो फिचर)

केशव गुरुङ

समुद्री सतहबाट २८ सय मिटर उचाईमा रहेको धार्चे ४ गुप्सीपाखाको एकीकृत नमूना बस्ती यतिबेला हिउँले झलमल्ल बनेको छ । बौद्ध, गणेश, श्रृङ्गी र हिमचुली हिमालसँगै गुप्सीपाखा हिउँको सेतो पछ्यौरीले ढाकिएपछि निकै मनमोहक र हेर्नलायक देखिन्छ । अहिले सामाजिक संन्जाल सबैतिर बाक्लो हिउँ जमेको एकीकृत बस्तीका फोटोहरु हेर्दा जो कोहीलाई अहिले नै घुम्न जाउँ–जाउँ भैm बनाएको छ ।

No description available.

उत्तरी गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकस्थित गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एउटै आकार र साइजका ५७३ घर निर्माण गरेको छ । एउटै शैलिका झुरुप्प बस्ती रहेको गुप्सीपाखा एकीकृत नमूना बस्तीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्न यहाँका सामुदायिक होमस्टे तमतयार छन् ।

No description available.

लाप्राकमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि स्थानीय अगुवाहरु मिलेर गत कार्तिक महिनादेखि होमस्टे सेवा संचालन गरेका हुन् । ५७३ घर रहेको एकीकृत नमूना बस्तीमा हाल पाँच वटा घरमा होमस्टे सेवा संचालन गरेको लाप्राक नमूना बस्ती होमस्टे समितिका अध्यक्ष दलवीर गुरुङले बताए । ‘यहाँ घुम्न आउने पर्यटकहरुलाई सहज हुन्छ भनेर होमस्टे संचालन ल्याएका हौँ । अहिले हामीले होमस्टेमा एउटा बेडको शुल्क दुईसय ५०, सादा खानाको दुईसय, ब्रेक फास्टको १५० तोकिएको छ । यहाँ आउने पाहुनालाई स्थानीय अर्गानिक खाना खुवाउछौँ’, गुरुङ भने ।

No description available.

गाउँमै उत्पादन गरिएको फापरको रोटी, आलुबाट बन्ने विभिन्न परिकार, स्थानीय स्तरमा उत्पादन गरिएका च्याउ, स्थानीय दालको सुप, कोदो, मकै, सिलामको अचार, सागसब्जी, लोकल कुखराको मासु र विभिन्न खानाका परिकार उपलब्ध रहेको गुरुङले जानकारी दिए ।

एकीकृत बस्ती हेर्न र हिउँ खेल्न आउने पर्यटकहरु थाहा नभएका कारण हतार हतार आई फोटो खिचेर फर्किने गरेको बताउदै उनले होमस्टेको सेवा लिन अनुरोध गरेका छन् ।

No description available.

हाल संचालनमा आएका होमस्टेको एउटा घरमा छदेखि सातजनासम्म राख्न सकिने र पाँच वटा होमस्टेमा एक रातमा ४०÷४५ जनालाई राख्न सकिने उनले जानकारी दिए ।

No description available.


यस्तै, लाप्राक घुम्न आएका पर्यटकहरुले आफ्नो रुचि अनुसार होमस्टे वा होटल रोज्न सकिने समेत संचालक गुरुङ बताउँछन् । होमस्टेमा पर्यटकको संख्या धेरै भएमा टेन्टको व्यवस्था पनि गरिएको गुरुङले बताए । त्यस्तै एकीकृत बस्तीमा फ्रि वाइफाईको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

कसरी पुगिन्छ गुप्सीपाखा ?

आँबुखैरेनी–गोरखा सडकको बाह्रकिलो बजारबाट, छेपेटार, बालुवा, बारपाक हुदै ६० किलोमिटर पार गरेपछि गुप्सीपाखा पुग्न सकिन्छ । गोरखा सदरमुकामबाट गाडीमा ७ घण्टा र मोटरसाइसकलमा ६ घण्टामा यहाँसम्म पुग्न पुगिने वडाअध्यक्ष राज गुरुङ बताउँछन् । तर बस सेवा भने बारपाकसम्म मात्र चल्ने भएकाले त्यहाँबाट माथि जीपमा जानुपर्ने हुन्छ ।

गुप्सीपाखा गोरखा बजार, आँबुखैरेनी, मुग्लिन, डुम्रे, दमौली तथा चितवनबाट सबैभन्दा नजिकको हिउँ पर्ने ठाउँ हो । ‘गतबर्ष पनि हिउँखेल्न आउनेहरुको घुइँचो लागेको थियो । यो आन्तरिक पर्यटकहरुको आउने बढिरहेको छ’, स्थानीय युवा जेशन गुरुङले भने । एकीकृत बस्ती हेर्न र हिउँ खेल्न आउने पर्यटक दिनप्रतिदिन बढिरहेको गुरुङ बताउँछन् ।

No description available.


यहाँबाट के के हेर्न पाइन्छ ?

एकीकृत बस्ती नजिकै रहेको नादुडाँडाबाट माछापुछेू हिमाल, अन्नपूर्ण हिमश्रृङ्खला, हिमालचुल र बौद्ध, गणेश श्रृगी हिमाल देख्न सकिन्छ । छिमेकी जिल्ला धादिङ र लमजुङ जिल्लाका केही भू–भाग समेत अवलोकन गर्न सकिने वडाअध्यक्ष राज गुरुङको भनाइ छ ।

त्यस्तै एककीृत बस्ती नजिकै रहेको धार्चे संग्रहालय, गुरुङ जातिको क्वोइपो भवन, पर्यटकीय धार्चे डाँडा, नप्पै तथा सम्बेखर्क, गुम्दागाउँ, यामगाउँ, केरौजा र सिङ्ला गाउँहरु पनि यहाँबाट देखिन्छ । आधा घण्टा हिडेर तल लाप्राक पुरानो गाउँ समेत पुग्न सकिन्छ ।

No description available.

धार्चे गाउँपालका ४ स्थित लाप्राकको पुरानो बस्ती

No description available.


धार्चेमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि र उद्यमी गाउँ बनाउने लक्ष्यका साथ दुई महिना अगाडि एकीकृत बस्तीमा होमस्टे सेवा संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘धार्चेलाई उद्यमी गाउँ बनाउने हाम्रो लक्ष्य हो । भूकम्पले गर्दा नै लाप्राकलाई धेरैले चिन्ने अवसर पायो । अव हामी पर्यटकीय स्थलका रुपमा चिनाउने प्रयास गर्दैछौ,’ उनले भने, ‘त्यसैले हामीले एकीकृत नमूना बस्तीबाट होमस्टे सुरुवात गरेको छौँ ।’ ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न र स्थानीयहरुलाई रोजगारीको सिर्जना गर्दै आर्थिक विकास जोड दिन ल्याएको उनले बताए ।ं

No description available.

‘गुप्सीबस्तीको होमस्टेलाई नेपालकै सबैभन्दा ठूलो सामुदायिक होमस्टे बनाउने लक्ष्य लिएका छौँ । अहिले बाटोको समस्या भएका कारण पर्यटकहरु कम आएका छन् । सडक ग्राभेल भई बाह्रै महिना गाडी चल्न थालेपछि पर्यटकको वृद्धि हुनेछ । त्यतिबेला नमूना बस्तीका दुईसय घरमा होमस्टे संचालन गर्न हामी तयारी अवस्थामा छौँ ।’ हाल गाउँसम्म जोड्ने कच्ची सडक पटकपटक पहिरो जाने भएका कारण पर्यटकको आउजाउमा समस्या भएको उनको भनाइ छ ।

No description available.


लाप्राक घुम्न आउने पर्यटकहरुलाई उत्तरी गोरखा र गाउँको बारेमा जानकारी दिनका साथै होमस्टेमा आउने पर्यटक थप सहज बनाउन सूचना घर निर्माण गरिएको वडा अध्यक्ष राज गुरुङले जानकारी दिए । सूचना केन्द्रको घर निर्माण भइसकेकाले अव छिट्टै सेवा पनि संचालन गर्ने गुरुङले बताए ।

लाप्राक सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष दलवीर गुरुङ सम्पर्क नं : ९८४९५२२२४४
वडा अध्यक्ष राज गुरुङ सम्पर्क नं : ९८५६००४०५१