| बिहिबार, मंसिर २१, २०८०

क्रसरको पानी तान्ने मोटर चोरेको आरोपमा एक व्यक्ति पक्राउ

गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थित चम्पावती हाइड्रो पावरले संचालनगरेको क्रमरमा जडान भएको पानी तान्ने मोटर चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–५ का ४० बर्षीय पृथबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।

‘गत कात्तिक २० गते राती करिव दश बजेको समयमा क्रसरबाट दुई थान पानी तान्ने मोटर हरायो भन्ने खवर आयो,’ प्रहरी निरिक्षक शेखर खड्काले भने, ‘अनुसन्धान गर्दै जादा घर्तीले मोटर चोरेर धन्सारमा लुकाएर राखेको अवस्थामा फेला पा¥यौ ।’

पक्राउ परेका घर्ती बिरुद्ध चोरी कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्