| शनिबार, माघ ५, २०८१

कविता : जीवनसाथी (सन्दर्भ : फेब्रअरी १४, प्रणय दिवस)

लेखक : भरत केवट,

जीवनको यो मार्गमा, मैले तिमीलाई देखेको
जीवनसाथी मान्नलाई, भित्रीमनले चाहेको
सुन्दर तिम्रो वदन ,कोइलीझैँ त्यो वचन
लुब्ध यो मेरो मनले ,दिएन छुट्टीएर रहन

हान्यौ मेरो यो मनमा मोहनी हो कि मन्तर ?
लाग्न थाल्यो मलाई त तिमीबाहेक को छ र?
मनको यो मन्दिरमा सजाई राखेँ तिमीलाई
तिमी साथमा भए त सफल पार्थेँ जूनीलाई

मंगल धुन बजाइ जन्ती र डोली सजाइ
लिन आएँ तिमीलाई दुलही आफ्नो बनाइ
अग्नि धरती सगर जन्ती साक्षी हजार
सिउँदो तिम्रो भर्नाले चम्कियो मेरो मुहार

सँङ्गै बाच्ने सँङ्गै मर्ने बाचा कसम खाएर
प्रीतिको डोरी बाँधेको सात हो फेरा घुमेर
आएकी थियौ तिमी नित्यो सुन्दर साँझमा
दियौ नि ठाउँ मलाई आफ्नो दिलको माँझमा

आयौ नि तिमी छोडेर आफ्नै सारा संसार
बनाइ तिमी बसौली स्वर्गको सानो घरबार
धरती अनि आकाश सजाइ राख्ने जुनतारा
सुन्दर यो जीवनमा तिमी हौ मेरो सहारा

ती अधरका मुस्कान खोलेर दन्त हाँसन
तिमी मसँग भैदिए सकुँला युद्ध जितन
यात्री तिमी म सहयात्री सँङ्गै हामी बाचौँला
सुख दुख जीवनको आधा आधा बाडौँला

यो मायाको संसारमा डुबी हेरेँ एकचोटि
मन यो मेरो मान्दैन तिमीलाई नदेखी नभेटी
सम्झन्छु म तिमीलाई आँसुको थोपा खसाली
यो बिरानो संसारमा बस्दैन माया बसाली

तिमी मेरी अर्धाङ्गीनी तिमी नै मेरी प्रियत्मा
म हुँ तिम्रो कच्चा तन तिमी हौ अमर आत्मा
आउछौ तिमी सँधै नि मस्तिष्कमा हरपल
सम्झेर हुन्छ यो मन हर बखत चञ्चल

जीवनभर साथ दिने ,तिमी हौ जीवनसाथी
सँधैभरि विश्वास गर्छु साथी तिमीमाथि
असल साथी बनेर देखाऔँ सबैलाई
जीवन साथी चाहिने जीवन जीउनलाई ।

समाप्त

  • श्री भवानी मावि, मान्बु गोरखा ।
प्रतिक्रिया दिनुहोस्