| सोमवार, भदौ २४, २०८१

शालिनको मृत्यु प्रकरणः घटनालाई अतिरञ्जित गराउने खालका पोष्ट सामाजिक सञ्जालमा नराख्न आग्रह

शालिन पोखरेलको मृत्यु भएको घटनालाई अतिरञ्जित गराउने खालका पोष्टहरु सामाजिक सञ्जालमा नराख्न अजिरकोट गाउँपालिकाले आग्रह गरेको छ । आइतवार प्रेस बिज्ञप्ती जारी गर्दै गाउँपालिकाले सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेको छ ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही र पीडित परिवारलाई न्यायको लागी पालिका प्रतिवद्ध रहेको जनाउँदै उक्त घटनाको निष्पक्ष ढंगले अनुसन्धान गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।


चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा यही फागुन १२ गते १४ बर्षीया पोखरेल मृत अवस्थामा भेटिएकी थिइन् ।

सोही बिद्यालयको कक्षा ८ मा अध्ययनरत उनी होस्टेल भित्रको कोठामा स्काउटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि विद्यालयको होस्टलमा बस्दै आएकी शालिनले आत्महत्या गरेकी हुन् वा हत्या गरिएको हो भन्ने विषयको अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले होस्टल भित्रै उनीमाथि बलात्कारपछि हत्या गरिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्