
साउदी अरबमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ सम्पन्न
२११ औ भानु जयन्तीको अवसर पारेर साउदी अरबको राजधानी रियादमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ कार्यक्रम भएको छ । साहित्यिक चौतारी नेपाल शाखा साउदीको आयोजनामा शुक्रवार कार्यक्रम भएको हो ।
कार्यक्रममा गजलकार प्रदिप रोदनले गजल वाचन गरेका थिए भने संस्थाका पदाधिकारी एवं अन्य साहित्यिक सर्जकहरुले नेपाली साहित्य क्षेत्रमा आदिकवी भानुभक्तले पु¥याएको योगदानको चर्चा गर्दै आफ्ना रचनाहरु सुनाएका थिए ।

संस्थाका अध्यक्ष भीम बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरवका लागि नेपाली राजदूत डा. डमरु बल्लब पौडेल, बिभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, पत्रकार लगायतको सहभागीता रहेको संस्थाका सचिव ईम राना मगरले बताए ।
नेपालबाट साहित्यिक व्यक्तित्व बोलाएर साउदी अरवमा भएको यो पहिलो कार्यक्रम रहेको उनले दावी गरे । नेपाली भाषा र साहित्यको बिकास र बिस्तार गर्न सशक्त रुपमा लागि परेको यस संस्थाको बिश्वभर तीन दर्जन भन्दा बढी देशमा आफ्नो शाखा रहेको बताइएको छ ।
ईम राना मगर (साउदी रियाद)