| शुक्रबार, बैशाख ७, २०८१

लामो दुरीका बसमा आधा संख्यामा यात्रु, भाडा ५० प्रतिशत बढ्यो

 सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी विभिन्न सर्तसहित सञ्चालनमा आउने भएको हो ।

 लामो दुरीको बस सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने र भाडादर ५० प्रतिशतसम्म बृद्धि गरेर लिन सक्ने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । लामो दुरीको बस सेवा सञ्चालनको मापदण्ड बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्