| शुक्रबार, कार्तिक १४, २०७७

नवलपरासीका ८२ जना संक्रमित कोरोनामुक्त

 पूर्वी नवलपरासीको रजहरस्थित अस्थायी कोरोना अस्पतालमा रहेका ८२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
अस्पतालका निर्देशक डा विनोद पौडेलका रहेका १ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पतालमा हालसम्म ५ सय ९९ जना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार गरिएको छ । तीमध्ये ५ सय २७ जना (पटकपटक गरेर ) निको भइसकेका छन् ।प्राकृतिक चिकित्सा पद्धति अनुसार उपचार गरिने यो चिकित्सालयमा औषधिको प्रयोगबिनै योग, ध्यान र सन्तुलित खानपानको विधि अपनाइन्छ ।

यहाँको प्राकृतिक चिकित्सालयलाई हाल अस्थायी कोरोना अस्पतालका रुपमा सञ्चालन गरेर संक्रमितको उपचार गरिँदै आएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्