| शनिबार, कार्तिक ८, २०७७

शुक्रबार थपिए कोरोनाका १ हजार ३१३ संक्रमित

शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

कुल संक्रमितमध्ये निको हुनेको दर ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। 

त्यस्तै यस दिन मृतक थप ६ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४५९ जनामा कोरोना देखिएको छ। यस दिन १२ हजार  २६२ जनाको पिसिआर परीक्षण भएको छ। 

प्रतिक्रिया दिनुहोस्