| शनिबार, बैशाख ८, २०८१

कोरोनाबाट थप एक सैनिकको मृत्यु, सेनामा कोरोना संक्रमितको संख्या २,१९७ पुग्यो


काठमाडौं ।  कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत  सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उनमा छारे रोगको लक्षण देखिए पश्चात असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो भने असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो । 
यस सँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्