| शुक्रबार, बैशाख ७, २०८१

दशैँ सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको समितिले जनाएको छ ।

गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली मन्दिर र मनकामनामा पनि वैद्धिक विधी अनुसार आज बिहान ११ः४६ मा जमरा राखिँदैछ । जमरा राख्न भगवतीलाई पुजा कोठामा आज बिहानै सारिसकिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । साथै कोभिड १९ को प्रभावका कारण मन्दिर बन्द रहेकाले पुजारीले धार्मीक विधी अनुसार जमरा राख्ने र भक्तजनका लागि प्रवेशमा रोक लगाइएको अड्डा प्रमुख भुषालले बताए ।

आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइँने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्