| बिहिबार, मंसिर ११, २०७७

बाबुराम

बाबुराम भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष

जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए।

‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो। अहिले पनि बैठक जारी छ,’ ती नेताले भने। भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्