| बिहिबार, माघ १५, २०७७

विप्लवका सेक्सन कमाण्डर पेस्तोलसहित पक्राउ

 नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । 

ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । 

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान म्याग्जिन पनि बरामद गरेको छ । शेर्पा ताप्लेजुङको फाम्बाङ्लुङ गाउँपालिकाका स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस्