| बिहिबार, माघ १५, २०७७

मेची महाकाली बुहारी संयुक्त आवाजले प्रजिअ मार्फत ज्ञापन पत्र बुझायो

बर्दिबास १४ महोत्तरीकी ६ वर्षिय गुलाब खातुन बलात्कारपछि हत्या भएको घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरिएको छ । बिहिवार मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत दोषिलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

प्रर्दशनमा घाईते सन्जय न्यौपानेको मृत्यू भएकोले उक्त घटनाको पनि छानबिन गर्न ज्ञापन पत्रमा माग गरिएको छ । जिल्ला संयोजक सपना पुनले ज्ञापन पत्र बुझाउँदै अपराधमा संलग्नले पहुँचका आधारमा खुलेआम उन्मुक्ती पाउने गरेको भन्दै बिरोध गरिएको छ । निर्मला पन्त, सुस्मिता, करुणा सम्झना, सज्जा र गुलाब खातुन लगायतको मृत्यू किन के कारण भयो भन्ने अहिले सम्म पहिचान हुन नसक्नु, दोषिलाई कारवाहीको दायरामा नल्याउनुले घटना बढिरहेको उल्लेख छ । बलात्कारीलाई फाँसी दिने वा सर्वस्व सहित आजिवन काराबासको सजायाँ ब्यवस्था गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले ज्ञापन पत्र संम्बिन्धित निकायमा पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्